दफा ६६१
वस्तु वा सेवाको मूल्य भराउन सक्नेः

कसैले कानून बमोजिम करार गर्न अयोग्य व्यक्ति वा त्यस्तो व्यक्तिको पालनपोषण गर्न जिम्मेवारी भएको कुनै व्यक्तिलाई कुनै वस्तु वा सेवा उपलब्ध गराएकोमा त्यस्तो वस्तु वा सेवाको मूल्य त्यस्तो वस्तु वा सेवा प्राप्त गर्ने व्यक्तिबाट भराउन सक्नेछ ।